बेलायती लेखकको नेपाली पुस्तक

काठमाडौ १० कातिक – मानवशास्त्री तथा इतिहासविद प्रा.डा. आलन क्यामफार्लनले लेखेको लिलीलाई पत्रहरु: संसार कसरी चल्छ ? को नेपाली संस्करण आज लोकार्पण गरिएको छ ।

लेखक आलन नेपाल आएको अवसरमा नेपाली संस्करणको लोकार्पण गरिएको हो । त्रिभुवन विश्वविद्यालय मानविकी संकायका डीन प्रा.डा. शीवलाल भुसाल, मानवशास्त्री प्रा.डा. ओम गुरुङ, लेखक स्वयमले नेपाली संकरणको सामूहिक विमोचन गरेका छन्। आफ्ना नातिनी लिलीलाई सम्बोधन गरेर लेखक आलनले लेखेको ३० पत्रमध्ये नौं वटाको नेपाली अनुवादित अंश हो ।

यो पुस्तक टेकबहादुर गुरुङ र अनिता गुरुङले नेपालीमा अनुवाद गरेका हुन् । राजधानीमा आयोजित कार्यक्रममा पुस्तकको समीक्षा गर्दै प्रा.डा. ओम गुरुङले पुस्तक जीवन र जगत बुझ्नका लागि सहज हुने बताए । कार्यक्रममा प्रा.डा भुसालले आलनले लेखेको पुस्तकले नेपाली भाषामा अनुवाद भई प्रकाशनमा आउनुले नेपाली पाठकका लागि एउटा नयाँ स्वाद थप्ने विश्वास व्यक्त गरे ।

यो पुस्तकलाई रत्नपुस्तक भण्डारले प्रकाशनमा ल्याएको छ । पुस्तकमा नौं वटा पत्र समावेश छ । लेखक आलनले ५० वर्षदेखि थाक क्षेत्रका जनजीवन र अवयवका बारेमा खोज अनुसन्धान गरेका हुन् । विशेषतः गुरुङ समुदायबारे अनुसन्धान गर्दै आलनले विद्यावारिधी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *