बिर्तामोड आन्दोलनमा १ जनाको मृत्यु, कर्फ्यु जारि

बिर्तामोड १० कातिक- अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप १ जनाको मृत्यु भएको छ । लक्ष्मणको हत्या भएको एक महिना बित्नै लाग्दा पनि प्रशासनले हत्यारालाई पक्रिन नसकेको भन्दै परिवार, आफन्त र स्थानीयबासिन्दाले बिर्तामोड बजार बन्द गराएर र्‍याली निकालेका थिए । र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गामुढा भएको थियो । मृत्यू हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन् । त्यसै गरि घाइते हुनेहरुमा कन्काई नगरपालिका ५ का नवराज कोइराला, बाह्रदशी गाउँपालिकाका सुनिल पाठक, मेचिनगर नगरपालिकाका अशोक बस्नेत ,अर्जुनधारा नगरपालिकाका पुण्य प्रसाद लुईटेल, देवनारायण राजबंशी र मनिस नेपाल रहेको प्रहरीले जनाएको छ ।

आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यु लगाईएको छ । पूर्वतर्फ बिर्तामोड बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिण तर्फ बिर्ता बजारलाई निषेधित क्षेत्र घोषणा गर्दै अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

गएको असोज १४ गते विदेशबाट बुवाले पठाइदिएको जुत्ता लिन बिर्तामोड–५, पाथीभरा टोलमा रहेको सुरेश पोखरेलको घर गएका लक्ष्मणको शव हत्या गरेर फालिएको अवस्थामा चारपानेको ठाकुर मन्दिरदेखि २ सय मिटर पूर्वको खाडीमा १५ गते भेटिएको थियो । मृतकका आफन्त र स्थानीयबासिन्दाले हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *