बियरको मूल्य बोतलमा १० रुपैयाँले बढ्यो

काठमाडौं । आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ ।

आउँदो आर्थिक वर्ष २०८०-८१ का लागि सोमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढको छ ।

पहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्थ्यो । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्‍याएकाले लिटरमा सात रुपैयाँको वृिद्ध भएको छ। बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *