बालकृष्ण बस्नेतविरुद्ध उजुरी

काठमाडौं ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध उजुरी परेको छ। गलत नियतले आफूलाई मध्यरातमा फोन गरेर भेट्ने प्रस्ताव गरेपछि एक महिला पत्रकारले बस्नेतविरुद्ध उजुरी दिएकी हुन्।

बस्नेतले मध्यरातमा फोन तथा म्यासेज गरेर भेट्ने प्रस्ताव गरेर आफूमाथि हिंसा गरेको आरोपमा सुरक्षाको माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएकी छिन्।

उनले गत १८ गते साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यसपछि बस्नेतले उजुरी फिर्ता लिन दबाब दिँदै टेलिफोन गरेपछि उनले सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई सुरक्षाको माग गर्दै उजुरी निवेदन दिएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *