बाबुराम र नारायणकाजीसँग भीडेका ससफोका युवा नेता ढकालले यसरी दिए आफ्नो जित्ने आधार

काठमाडौ १७ कातिक- नेपाल संघीय समाजवादी पार्टीका प्रभावशाली एवम् केन्द्रिय नेता आर.के. ढकालले गोरखा क्षेत्र नम्बर २ का जनताले आफुलाई विजयी बनाउने दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पूर्वप्रधानमन्त्री डा.बाबुराम भटराई र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जिल्लाको विकासमा उदासिनता देखाएको आरोप लगाउँदै नेता ढकालले गोरखा–२ का जनताले आफुलाई मत दिने दाबी गरेका हुन ।

प्रतिनिधि सभा सदस्यको लागि गोरखा क्षेत्र नम्बर २ मा उम्मेद्वारी दिएका नेता ढकालले ७० वर्षदेखि बिरामी परेको देशलाई उपचार गर्नको लागि यूवाहरु जुट्नु पर्ने धारणा राखे ।

उनले भने,‘हाम्रो देश ७० वर्षदेखि बिरामी परेको छ, गोरखा त्यस रोगबाट मुक्त छैन, म यूवाहरुको साझा उम्मेदवार हुँ, गोरखा २ का जनताको लागि मेरो उम्मेदवारी अग्निपरिक्षा पनि हो।’

जनताले राजनीतिमा विकल्प खोजेको र पटक–पटक सत्तामा पुगेर गोरखाको विकासमा बाबुराम र नारायणकाजीले सत्ताको उपभोग गरेको बताउँदै नेता ढकालले गोरखा २ का जनताको लागि आफ्नो उम्मेद्वारी अग्निपरिक्षा भएको जानकारी दिए ।

उनले भने,‘नेपाली जनताले यूवाहरु राजनीतिमा आएको देख्न चाहन्छन र पढे लेखेको यूवाको खाँचो छ भन्ने जनताको लागि मेरो उम्मेदवारी उहाँहरुको ईमानदारीता जाँच्ने कडी पनि हो।’

गोरखाको एक मात्रै पालुङटार विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने, ४ नम्बर प्रदेशको सदरमुकाम गोरखालाई बनाउने, भूकम्पपीडित, बुढिगण्डकी जलविद्युत आयोजना पीडित जनताको समस्या तत्काल समाधान गर्ने, सुकुम्बासीलाई लालपुर्जा प्रदान गर्ने लगायतका ऐतिहाँसिक एजेण्डाहरु सार्वजनिक गर्दै नेता ढकालले आफुले जितेमा गोरखाको समुन्नत विकास हुने विश्वास दिलाए।

अघिल्लो पुस्ताबाट मुलुकको विकास सम्भव नभएको दाबी गर्दै नेता ढकालले ९० प्रतिशत पुरानै अनुहारको पुनरावृत्तिले सत्ता हत्याउने र जनताको पसिना लुट्नेबाहेक अरु केही नहुने ठोकुवा गरे ।

उनले भने,‘हाम्रो मुलुकमा काम गर्न नसक्ने, सोच्न नसक्ने, विश्व दुनियाँसँग प्रतिष्पर्धा गर्न नसक्ने मानिसहरु ९० प्रतिशत दोहोरिएका छन्, पुरानै अनुहारलाई जनताको बीचमा ल्याईएको छ, यस्तो प्रवृत्तिले मुलुक समृद्धिको दिशामा हिँड्न सक्दैन, हामी यूावहरुलाई जनताले मतदान गर्न कन्जुस्याँई गर्ने भने हाम्रो मुलुक यहीँ लथालिङ रहिरहन्छ, विश्व निक्कै अघि बढ्नेछ, हाम्रा सन्ततीहरुले अरुको देशमा कामदार भएर जानुपर्ने बाध्यता कायम रहनेछ।’

विदेशमा बसेर यूवाहरुले पसिना र रगतसँग साटेको रिमिट्यान्सको दुरपयोग गर्ने र कार चढ्नेहरुले देश समृद्ध बनाउन नसक्ने बताउँदै उनले आफ्नो उम्मेद्वारी यूवाहरुलाई स्वदेशमा रोजगार दिनु रहेको बताए ।

राजनीतिकर्मी, पत्रकार, व्यापारी, कृषक, शिक्षक, विद्यार्थी, सबैले आफ्नो ठाउँमा ईमान्दार र नैतिकवान बन्ने हो भने मुलुकको समुन्नत बन्न धेरै समय नलाग्ने उनको भनाई थियो ।

उनले भने,‘ खोजे जस्तै, चाहे जस्तै सचेत ईमान्दार यूवा नेतालाई आगामी मंसिर १० गते गोरखा २ का जनताले गोरखाकै विकासको लागि निर्वाचन चिन्ह ‘बस’ मा मतदान गर्ने छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *