बाढीपहिरो पीडितलाई “प्रवासी मेमेङ समाज मलेसिया ” द्वारा राहत वितरण

निसुम ‘ शुक्र चङ्बाङ – मलेशिया ३१ भदौ- “प्रवासी मेमेङ समाज मलेसिया ” ले बाढिपिडितहरुको लागि राहत वितरण गरेको छ । पाँचथरको फालेलुङ गाउँ पालिकाको मेमेङमा साउन २७ गते गएको भीषण बाढीपहिरोका कारण ताङ्लेपा स्थित निवा खोला लघु जलविद्युत आयोजना बगाउनुका साथै सोही आयोजनामा कर्मचारिको रुपमा रहेका स्थानिय बिष्णु भक्त राई , उहाँको छोरी गंगा राई र नातिनी प्रिया राई लाई बाढीपहिरोले बगाएको थियो । नातिनी प्रिया राईको लास भेटिए पनि २ जना अझै बेपत्ता छन ।बाढीपहिरोका कारण मेमेङ्को विभिन्न स्थानमा गरि जम्मा १३३ घर भन्दा बढी बिस्थापित भएका छन ।

यो बिपत परिस्थितिमा “प्रवासी मेमेङ समाज मलेसिया ” को अध्यक्ष श्री महेन्द्र केरुङ को अध्यक्षतामा आपतकालीन बैठक बसि मृतक परिवार तथा बिस्थापितहरुलाई सक्दो सहयोग गर्ने निर्णय गरे बमोजिम आज विभिन्न सहयोगिहरु बाट जम्मा रु ४ ,२१ ,८५४ रुपैया सहयोग संकलन भएको थियो । सो संकलन भएको रकम “प्रवासी मेमेङ समाज मलेसिया ” को नेपाल सम्पर्क समिती मेमेङ पाँचथर लाई पठाई सकिएको र उक्त सहयोग रकम बाट आज भदौ ३० गते सम्पर्क समितिले उक्त रकम बराबरको विभिन्न राहत सामग्री बितरण गरेको छ ।

मृतक परिवारका सदस्यहरु श्रीमती राधिका राई र शिव कुमार राई लाई लत्ताकपडा , खाध्यन्न र आर्थिक नगद सहयोग उपलब्ध गराईएको छ । त्यस्तै पुर्ण रुपले घर क्षति भइ पुर्ण रुपमा बिस्थापित भएकाहरु मान ब. जबेगु , मंगल ब. जबेगु , तेज ब. जबेगु , देप पति राई र दिल ब. राई लाई पनि लत्ताकपडा , खाध्यन्न र आर्थिक सहयोग गरिएको छ भने अन्य बिस्थापितहरुलाई खाध्यन्न तथा लत्ताकपडा बितरण गरिएको छ ।

” प्रवासी मेमेङ समाज मलेसिया ” को नेपाल सम्पर्क समितिका अध्यक्ष राजन चङ्बाङको अध्यक्षतामा एक कार्यक्रम गरि राहत बितरण गरिएको हो । उक्त राहत बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा फालेलुङ गाउँ पालिका वडा ३ का अध्यक्ष श्री वीर बिक्रम थाम्सुहाङ र विशेष अथिती इलाका प्रहरी कार्यालय मच्छेबुङका सह-ईन्चार्ज लाख मान लिम्बू रहेका थिए । कार्यक्रम सन्चालन सम्पर्क समितिका सचीव रबि राई ले गरेका थिए । स्वागत मन्तव्य ” प्रवासी मेमेङ समाज मलेसिया ” का पुर्ब कोष अध्यक्ष महेन्द्र लिम्बू केरुङले राखेका थिए भने सम्पर्क समितिका कोष अध्यक्ष धनेन्द्र केरुङले ” प्रवासि मेमेङ समाज मलेसिया ” ले उपलब्ध गराएको जम्मा रकम र त्यस बाट लत्ताकपडा तथा खाध्यन्नमा के कति रकम खर्च भयो भन्ने बारे स्पष्ट गराउनु भएको थियो ।

उक्त राहत बितरण कार्यक्रममा स्थानीय राजनीति दलका प्रतिनिधिहरु , स्थानीय बुद्धिजिविहरु र स्थानीय वासिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *