बाँकेको पार्वतीपुरमा कार पल्टिँदा एक जनाको मृत्यु,दुई जना घाईते

फागुन २३ बाँके, बाँकेको पार्वतीपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने,कारमा सवार अन्य दुईजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा,नेपालगन्ज उपमहानगरपालिका १ का २८ वर्षीय मोहमद सकिल हलवाइ रहेका छन् ।

सोमबार कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा १२ च २०७२ नम्बरको सुजुकी कार सडकमा हिँडिरहेको कुकुरलाई बचाउने क्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कारमा सवार अन्य दुईजनाको पहिचान अहिले सम्म खुल्न सकेको छैन । घाइते दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *