बर्दियामा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड : सडक र सम्म परेका ठाउँहरू जलमग्न

२८ साउन, काठमाडौं : जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो ।
२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ तर बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । त्यस्तै, बर्दियाकै रानी जरुवा नर्सरीमा १७२।८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्री चेपाङमा १७४।२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा मानिएको छ ।

अति भारी वर्षा भएकाले बर्दियाका स्थानीय खोलामा आएको बाढीले बार्बर्दिया नगरपालिका८ का सबै गाउँहरू डुबानमा परेका छन् भने सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेको छ ।

वडाध्यक्ष नरबहादुर चन्दका अनुसार बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको र सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *