बढीपिडित जनतासंगै आपूर्तिमन्त्री

बिराटनगर, २९ साउन – आपूर्तिमन्त्री शिवकुमार मण्डल बाढीका कारण डुवनमा परेको मोरङ्गमा पुगेर निरीक्षण गरेका गनुभएको छ । आईतबार दिनभर मोरङ्गका विभीन्न स्थानमा पुगेर बाढीले पु¥याएको क्षतिको निरीक्षण गरी राहत र उद्धारमा समेत खट्नुभएको हो ।

अविरल वर्षाका कारण मोरङ्गका विभीन्न स्थानहरु डुवान भएको खवरपछि शनिवार नै आकस्मिक रुपमा गाडीबाट विराटनगर जानुभएका मन्त्री मण्डल आईतबार बिहानैदेखि निरीक्षणमा खटिनुभएको हो । शनिबार रातीदेखि नै स्थानीय राजनीतिक दलहरु, प्रशासन, प्रहरी लगायतसंग छलफल गर्नुभएका मन्त्री मण्डल बिहानैदेखि डुवान प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको हो ।

बिहानैदेखि, रंगेली, कर्सिया, बलासा लगायतका क्षेत्रमा पुगेर निरीक्षण गर्नुभएको मन्त्रीका स्वकिय सचिव दिपेन्द्र ओडारीले बताउन’भयो । ‘जगमग्न भएका स्थानहरुको अवस्थाबारे निरीक्षण गर्नुका साथै राहत र उद्धारको लागि स्थानीय निकायलाई निर्देशन दिईरहनुभएको छ’ ओडारीले भन्न’भयो ‘कतिपय स्थानमा मोटरबाटो पनि नभएकोले पैदलै हिँडेर निरीक्षण चलिहरहेको छ ।’

उक्त क्षेत्रमा टेलिफोनको नेटवर्क नै नभएको कारण सञ्चार सम्पर्क गरी उद्धार र राहतका लागि समस्या भएको छ । उक्त क्षेत्रमा जनतालाई तत्काल उद्धार गर्न, प्रभावित क्षेत्रमा औषधी, लत्ताकपडा र खाद्यान्न लगायतका सामग्रीको अभाव हुन नदिनका लागि मन्त्री आफैले स्थानीय निकायसंग छलफलमा जुट्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *