बजेट दिल्लीबाटै पास हुन लागेको त होइनः सांसद विमला राई

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो र? भन्दै प्रश्न गरेकी छिन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरु दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन्। उनले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गरिन्। उनले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको पनि बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *