प्राधिकरणले काठमाडौं र ललितपुरमा विद्युत अवरुद्ध हुन सक्ने जनाएको छ

१५ भदौ, काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टा विद्युत् अवरुद्ध हुने घोषणा गरेको छ । प्राधिकरणको सूचना अनुसार काठमाडौंको रत्नपार्क र कुलेश्वरलगायत वितरण केन्द्रका साथै ललितपुरको पुल्चोक र लगनखेलका विद्युत् आपूर्ति शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म अवरुद्ध हुन सक्नेछ ।

प्राधिकरणले टेकु–स्युचाटार ६६ केभी लाइनलाई १३२ केभी प्रसारण लाइनमा स्तरोन्नति गर्दै विभिन्न चरणमा सबस्टेसनमा सुधार गर्दै आएको छ । त्यसैले अवरोध। असुविधा न्यूनीकरण गर्न प्राधिकरणले सबै फिडरहरूमा विद्युत आपूर्ति अवरुद्धको प्रभावलाई न्यूनीकरण गर्न वैकल्पिक उपायहरूको व्यवस्था गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *