प्रहरी प्रमुखमा जयबहादुर चन्द र सिंह बहादुर श्रेष्ठ नियुक्त

फागुन १ काठमाडौ,सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्ष (आईजीपी) बनाउने निर्णय गरेको छ ।

आइतबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै मन्त्रिपरीषद्को बैठकले शसस्त्र प्रहरी बलको महाननिरीक्षक (आईजीपी)मा एआईजी सिंह बहादुर श्रेष्ठलाई बढुवा गर्ने निर्णग गरेको छ । गृहमन्त्री निधिले दुवै आइजीपीको नाम प्रस्ताव गरेका थिए ।

आईतबार विहान बसेको बैठक, दुई जना प्रहरी प्रमुख नियुक्त गरेर सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *