प्रमुख तीन दलको बैठक अहिले सिंहदरबारमा

पौष १८ काठमाडौ, प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठक अहिले सिंहदरबारमा सुरु भएको छ ।
समसामयिक राजनीतिक विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गर्नुभएको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट केपी शर्मा ओली र बामदेव गौतम सहभागी हुनुहुन्छ ।

बैठकमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग र निर्वाचनसम्वन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *