प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा दिने तयारी

काठमाडौं, २४ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रियसभा निर्वाचन संगै प्रधानमन्त्री देउवाले राजिनामा दिने तयारी गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म कुर्ने भन्नेमा छलफल पछाडि प्रधानमन्त्री देउवाले आफ्नो अन्तिम निर्णय सार्वजनिक गर्ने छन् ।

देउवा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूको समर्थनमा यही जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । प्रधानमन्त्रीका रूपमा चौंथो कार्यकाल पूरा गर्दै गरेका देउवाले यसपटक स्थानीय तह निर्वाचनको दुई चरण र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरे।

प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएपछि बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *