प्रधानमन्त्री दाहाल र राष्ट्र संघका उपमहासचिव पिर्रेबिच भेटवार्ता

काठमाडौं । राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिर्रे ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपाल र संयुक्त राष्ट्र संघबिचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ​ उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन्।

मंगलबार नै उनले रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *