प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२९ भदौ, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेण्डाबारे छलफल हुने बताइएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आगामी विदेश भ्रमणका बारेमा पनि जानकारी दिनेछन् । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन शनिबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्क जाने तयारी गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *