प्रदेश नं १ को संसदीय दलको नेतामा नेता शेरधन राई र भीम आचार्यबीच प्रतिस्पर्धा

इटहरी, २६ माघ – एमाले पार्टीबाट प्रदेश नं १ को संसदीय दलको नेतामा नेता शेरधन राई र भीम आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । संसदीय दलको नेतामा आकांक्षी रहेका तीन मध्ये जीवन घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राई र आचार्यबीच प्रतिस्पर्धा हुन लागेको हो ।

संसदीय दलको नेता छान्न आज निर्वाचन कार्यक्रम तय गरिएको छ । राई र आचार्य दुवै पूर्वमन्त्री हुन् । एमाले प्रदेश १ को संसदीय दलमा प्रत्यक्ष तर्फ जितेका ३६ र समानुपातिक १५ गरी प्रदेश सभाका ५१ सांसद छन् । तिनीहरु मध्ये २६ मत ल्याउने संसदीय दलको नेता निर्वाचित हुन सक्छ । पछिल्लो समय स्थानीय तहको चुनावमा टिकट वितरण र प्रतिनिधिसभाको चुनावमा आर्थिक चलखेल गरेको आरोप खेपिरहेका आचार्यलाई उनकै सहयोगीहरुले पनि साथ छाडेको वताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *