प्रदर्शनको १७ दिनमा हलिउड फिल्म ‘बार्बी’ बिलियन डलर क्लब प्रवेश

२२ साउन , काठमाडौं : हलिउड फिल्म ‘बार्बी’ ले प्रदर्शनको १७ औं दिनसम्म आइतबार बिलियन डलर क्लबमा प्रवेश गरेको छ ।

आइतबारसम्म विश्वभर कुल कमाइ ‘बार्बी’ को १.०३१ बिलियन अमेरिकी डलर रहेको छ । अहिलेसम्म ‘बार्बी’ ले उत्तर अमेरिकाबाट ४५९ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारबाट ५७२ मिलियन डलर कमाएको डेडलाइन हलिउड म्यागजिनले जनाएको छ ।

यसबाहेक महिलाले निर्देशन गरेका अन्य तीन फिल्म पनि बिलियन डलर क्लबमा प्रवेश गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *