प्रताप दास र बैकुण्ठको चोखो मायामा यसराज र सत्या


८ भदाै,काठमाडौं : गीतकार बैकुण्ठ प्रसाद उपाध्ययको नयाँ गति मैले दिएको चोखो मायाँ…को भिडियो बजारमा आएको छ । यो गीतको भिडियोलाई ओएरआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।
गायक प्रताप दासको स्वरमा यो गीत रहेको छ । गीतलाई कुमार थापामगरले संगीत तथा संगीत संयोजन गरेका हुन् । गीतको रेकर्डिङ चन्दु गोर्खालीले गरेका हुन् ।
आधुनिक गीतको यो गीतको भिडियो निकै आकर्षक बनेको छ । यो गीतमा अभिनेता यसराज गराच मुख्य भूमिकामा छन् । उनीसँगै यो गीतमा मोडल सत्या गिरी, सन्तोष पन्त, अनिशा थापामगर र बैकुण्ठ प्रसाद उपाध्यायको पनि अभिनय रहेको छ ।
यो गीतको भिडियोलाई सांस्कृतिक संस्थापनका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेका हुन् । गीतमा यसराज र सत्याको प्रेम वियोगको कथा प्रस्तुत गरिएको छ ।
नरेश आयरले खिचेको यो गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन रहेको छ । भिडियोलाई बैकुण्ठ फिल्म प्रोडक्सनले निर्माण गरेको हो । दुई दिन अघि रिलिज भएको यो गीतलाई श्रोताले मन पराएको गीतकार बैकुन्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *