पोखरा विमानस्थल बिआरआई परियोजना हो: चीन

काठमाडौं ।नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताएका हुन्। यसअघि पनि उनले विमानस्थल उद्घाटनको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *