पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर

२८ साउन , काठमाडौं : पाकिस्तानको प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा साथै कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएपछि पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएको छ ।

संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ । मिडिया रिपोर्ट अनुसार राष्ट्रपति आरिफ अल्बीले पाकिस्तान सरकारको सिफारिसमा गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए भने उनको पाकिस्तानी सेनासँग निकै राम्रो सम्बन्ध भएकाले उनलाई निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित कार्यवाहक प्रधानमन्त्री चयन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *