पहिरो जाँदा कैलालीको सडक खण्ड अवरुद्ध

२३ साउन, काठमाडौँ : अबिरल वर्षाका कारण कैलालीको भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने काम भइरहेको छ भने राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् र कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन अपनि बाटोमै छन् ।

सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यका लागि हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *