पहिरोले घर पुर्दा काठमाडौंको तारकेश्वरमा बाबु छोरीको मृत्यु

२१ साउन , काठमाडौँ : अबिरल वर्षाका कारण पहिरो झर्दा गएराति करिब आठ बजेतिर काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

महर्जनका अनुसार तामाङको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् छोरा भने सकुशल रहेको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *