पहिरोका कारण पृथ्वीराजमार्ग अवरूद्ध

चितवन । चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को नाग्दी खोला नजिकै पहिरो खस्दा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।

मंगलबार राति करिब ११ बजेतिर पहिरो खसेको थियो। पहिरो खसेर सडक अवरूद्ध हुँदा सवारी साधन गन्तव्यमा जान पाएका छैनन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो हटाउने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *