पशुमा लाग्ने लम्पी स्किन रोग घट्दो: मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पी स्किन रोग क्रमशः घट्दो क्रममा रहेको बताएका छन्।

राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरूमा देखापरेको लम्पी स्किन रोग घट्ने क्रममा रहेको बताएका हुन्। संक्रमित पशुहरूको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए।

उनले हालसम्म १२ लाखभन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *