परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेका छौं: परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौं ।परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताए ।

‘अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ, हाम्रो परराष्ट्र नीतिका सम्बन्धमा हामीले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित मूल्य र मान्यतालाई सम्मान गर्छौँ,’ उनले भने, ‘त्यसलाई हामी व्यवहारमा पनि लागु गर्न चाहन्छौँ, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौँ, तर, संसारमा हुने घटनामा हामी तटस्थ बस्छौँ, बोल्न सक्दैनौँ हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन ।’

यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्तागठबन्धन नभत्किने प्रष्ट पारे । बाहिर हल्ला आएअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *