नेम्वाङलाई प्रधानमन्त्री र शीर्ष नेताद्वारा श्रद्धाञ्जली

२६ भदौ, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गरेकी छन् । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनालले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत विभिन्न दलका नेता तथा शुभचिन्तकले नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *