नेम्वाङको निधनमा नेकपा एमालेले तीन दिन शोक मनाउने, सबै कार्यक्रम स्थगित

२६ भदौ, काठमाडौँ : नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमालेको आकस्मिक सचिवालय बैठकले मंगलबारदेखि तीन दिनका लागि पार्टीका सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्याशित निधनप्रति दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको बताए ।

मङ्गलबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरिएको उनले बताए । पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको पनि ज्ञवालीले बताए । त्यस्तै इलामको नेम्वाङको निर्वाचन क्षेत्रमा स्थानीय तहमा शोक मनाउने निर्णय गरिएको उनले बताए । पार्टीका तर्फबाट भदौ १९ गते श्रद्धाञ्जली सभा आयोजना गरिने ज्ञवालीले बताए । उनका अनुसार भेटमा नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *