नेपाल टेलिकमका एमडी पौडेल र अर्थसचिव मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१५ असोज, काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेशनल पेमेन्ट गेटवे खरिदमा पौडेल र मरासिनीलगायतका पदाधिकारी भ्रष्टाचार गरेको निष्कर्षमा पुगेपछि आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वअध्यक्ष सञ्जय शर्मा, पूर्व कार्यकारी निर्देशक प्रणिता उपाध्याय, पूर्व उपनिर्देशक सफाल श्रेष्ठ, पूर्व सहायक निर्देशक रमेश पोखरेल, पूर्व लेखा अधिकृत निमबहादुर ओली र रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायकलाई विपक्षी बनाइएको छ ।

मामला आयोगका अनुसार पौडेल र मरासिनीले पूर्वाधार तयार नगरी २३ करोड २ लाख ५८ हजार ७७ रुपैयाँमा ‘नेसनल पेमेन्ट गेटवे’ खरिद गरेका थिए । ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे (एनपीजी) अझै प्रयोगमा आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *