नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने

२२ भदौ, काठमाडौँ : अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार नेपाल आउँदैछ ।

सेप्टेम्बर १० बाट सुरु हुने संयुक्त तालिमका लागि टोली नेपाल आएको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । नेपाली सेना र अमेरिकी सेनाबीचको यो संयुक्त तालिम संयुक्त कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङको ढाँचा अन्तर्गत नियमित अभ्यास हो । यस अभ्यासमा कनिष्ठ तहका अमेरिकी सैनिकहरू सहभागी हुनेछन्, जो अमेरिकाबाट आफ्ना उपकरणसहित काठमाडौं आउनेछन्।

उनीहरु अमेरिकी विमानमा नेपाल आउने र सेप्टेम्बर २९ मा प्रस्थान गर्नेछन् भने सोही अमेरिकी विमान सेप्टेम्बर २९ मा फर्किनेछन् । संयुक्त अभ्यासमा नेपाली सेनाका ३० र अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाले भाग लिनेछन् । तालिममा विपद् व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायता सम्बन्धी अनुभव र ज्ञानको आदानप्रदान गरिनेछ ।

नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत देशका सेनासँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, भूमिकासम्बन्धी संयुक्त तालिम तथा अभ्यासमा भाग लिन्छ । संयुक्त राष्ट्र शान्ति सेनामा भाग लिँदा खेल्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *