नेपाली कांग्रेश खोटाङ्गको अराजक बबण्डरले चलचित्र “भीमदत्त” प्रदर्शनमा रोक

खोटाङ २२ कात्तिक – दिक्तेलमा राष्ट्रवादी चलचित्र “भीमदत्त” लाई प्रदर्शन हुदाहुदै जिल्ला प्रशासनले रोकेको छ । खोटाङको सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचोकमा बुधबार साँझ प्रदर्शन गरिएको चलचित्र “भिमदत्त” जिल्ला प्रशासनको आदेशमा प्रहरीले रोकेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ नेतृत्वको टोली अराजक शैलीमा प्रदर्शनस्थलमा आएर बबण्डर मच्याएपछि प्रशासनले चलिरहेको फिल्म बिचैमा रोकेको हो ।

नायक तथा निर्माता नवल खड्काले निर्माण गरेको चलचित्र “भिमदत्त” बुधबार प्रशासनकै अनुमतीमा प्रदर्शन शुरु गरिएको थियो । नेपाल चलचित्र कलारकार संघका पुर्व केन्द्रीय अध्यक्ष र नेपाल चलचित्र निर्माता संघका वर्तमान अधक्ष समेत रहेका नायक तथा निर्माता खड्का आफ्नो जन्मभूमि आएको मौकामा जिल्लावासीले अनुरोध गरेपछि निःशुल्क रुपमा फ्लिम प्रदर्शन गरेका थिए ।

करिब साँडे छ बजेबाट शुरु भएको फिल्म बिचैमा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको निर्देशनमा प्रहरीले रोकेपछि सहभागी दर्शकले नाराबाजी समेत गरेका थिए । फिल्म हेर्न सहभागी दर्शकले काँग्रेसको इसारामा प्रशासन चलेको भन्दै प्रशासन विरुद्ध चर्को नारा लगाएका थिए ।

मादक पदार्थ सेवन गरेर आएका काँग्रेस जिल्ला सभापति श्रेष्ठ नेतृत्वको टोलीले बबण्डर मच्याएपछि करिब एक घण्टा प्रदर्शन भइसकेको फिल्म रोकेर नायक तथा निर्माता खड्काले पुनः बिहीबार दिउसो हलमा प्रदर्शन गर्ने बताए । “हामीले प्रशासनकै अनुमती लिएर प्रदर्शन शुरु गरेका थियौं ।” उनले भने, “प्रमुख जिल्ला अधिकारी एउटा पार्टीको इसारामा चलेपछि हुने दुर्घटनालाई न्युनिकरण गर्न प्रदर्शन भइरहेको फिल्म रोक्यौं ।”

घरको पेटी तथा सडकमा बसेर फिल्म हेरिरहेका दर्शकहरु फिल्म रोकिएपछि एक्कासी नाराजुससहित उर्लिएपछि संयम् पार्न नेकपा (एमाले)का जिल्ला उपसचिव कुमार आचार्य र नेकपा (माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी (धिरेन)ले संछिप्त सम्बोधन गरेका थिए ।
फिल्म प्रदर्शनका क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै आयोजकसँगको सल्लाहमै प्रदर्शन रोकिएको प्रजिअ अधिकारीले बताए । हलेसी खबरको सहयोगमा तयार पारिएको सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *