नेपालले जित्यो मलेसियाविरूद्धको टी-२० सिरिज

काठमार्डौ ।नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ।

पाँचौ तथा निर्णायक खेलमा घरेलु टिम मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो।

नेपालले सिरिजमा यसअघि दोस्रो र तेस्रो खेल जितेको थियो। पहिलो खेलमा पराजित नेपालले शनिबार भएको चौथो खेल पनि हारे पछि पाँचौ खेल निर्णायक बनेको थियो।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *