निरन्तर पानी परिरहेका कारण गए राति ललितपुरको कान्ति लोकपथअन्तर्गत भट्टेडाँडामा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

८ भदौ, काठमाडौँ : ललितपुरको कान्ति लोकपथअन्तर्गत भट्टेडाँडामा निरन्तर पानी परिरहेका कारण गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीका अनुसार मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । भने पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *