‘नाङ्गो गाउँ’ को छायांकनमा दयाहाङ र मिरुनाको अनस्क्रिन रोमान्स

१४ भदौ, काठमाडौं : भदौ २९ गते रिलिज हुने तयारीमा रहेको दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ को गित तीन दिन लगाएर मकवानपुरको चित्लाङमा सुन सुन सुन्दरी’ बोलको गीत खिचिएको छ । गीतमा अन्जु पन्त र एसडी योगीको स्वर रहेको छ भने सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत, रामजी लामिछानेले नृत्य निर्देशन र आलोक शुक्लाको छायांकन रहेको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको यस फिल्ममा हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको लगानी, रामहरि श्रेष्ठ कार्यकारी निर्माता र बनिष शाहको सम्पादन रहेको छ । फिल्ममा दयाहाङ राई र मिरुना मगरसहित शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, मिरुना मगर, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलम णि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *