नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ

१ भदौ, काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएराति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज ७ ठेगाना भएका नसिम अख्तर छन् भने उनलाई चितवनबाट काठमाडौं लगिँदै छ ।

एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको ८जेभियर इनटरनेसनल हाइएर सेकेण्डरी स्कुल, कमलपोखरीबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए । भने त्यस सर्टिफिकेट नक्कली बनाएको आरोप छ । उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *