धारिलो हतियार प्रहार बाट एकको मृत्यु, मोटर साइकलको ठक्करले अर्कोको मृत्यु

सूचना खबर- काठमाडौ, म्याग्दी जिल्लाको देबिस्थान ८ फेदी बस्ने २७ वर्षीय ख बहादुर पुनको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी आपसमा भनाभन हुँदा उनलाई सोमबार दरबाङ २ लाममेला घर भई देबिस्थान ८ फेदी स्थित ससुराली घरमा बस्ने २० वर्षीय टिकप्रसाद रोकाले छातिमा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकोले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङबाट थप उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसैगरी, झापा शिवगञ्ज १ घर भई हाल किर्तिपुर ट्याङ्लाफाँट बस्ने १८ वर्षीय प्रिजेन्स भेटवालले चलाएको बा.७० प १५९७ नम्बरको मोटर साइकलले काठमाडौ किर्तिपुर नगरपालिका ३ सुन्दरीघाटमा नाम,थर,वतन खुल्न नसकेको पैदलयात्री अंदाजी ५० बर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले मोडल अस्पताल किर्तिपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *