धादिङको मलेखुमा सवारी दुर्घटना एक जनाको घटना स्थलमै मृत्यु

पौष ११ मलेखु,आज बिहान पृथ्वी राजमार्ग अन्तर्गत बैरेनी गाविस ८ भल्टारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९५८७ नम्बरको ट्रक विपरीत दिशाबाट आइरहेको ना ६ ख १११० नामबरको ट्रकसँग जुधेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लु १ ख ९५८७ नम्बरको ट्रकमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी बेस क्याम्प आदमघाटले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *