धरानमा मन्दिर अगाडि पार्टी प्यालेस बनाउने भनेर चर्च बनाएपछि विवाद

२२ साउन , काठमाडौँ : धरानमा सय वर्ष पुरानो बालगोपाल मन्दिर भनि चिनिएको हिन्दुहरुको पौराणिक महत्वको विजयपुर डाँडामा पार्टी प्यालेस बनाउने भनेर अन्तमा इसाई धर्मका आस्थावानले चर्च बनाएपछि हिन्दु धर्माबलम्बीले चर्च हटाउनुपर्ने माग गर्दै धरानमा विवाद बढेको छ ।

दन्तकाली आसपास बुढासुब्बा, पञ्चकन्या, पिन्डेश्वर लगायत धार्मिक शक्तिपीठहरु छन् यी चारवटै शक्तिपीठको सयौं वर्ष पुरानो इतिहास छ । यी शक्तिपीठ जाने बाटोमा पर्ने बिजयपुर डाँडामा इसाइ धर्मालम्बीहरुले चर्च बनाएपछि विवाद भएको हो । हिन्दु धार्मिक अभियन्ताले चर्चलाई सार्न माग गरिरहेका छन् । इसाई धर्मालम्बीहरु नसार्ने अडानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *