दोलखामा ११ किलो सुन तस्करी : थप एक जना पक्राउ

१८ असोज, काठमाडौँ : दोलखामा ११ किलो सुन तस्करीमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिब्बत निवासी टासी दावा भनिने आगर लामा हुन् । उनको निर्देशनमा सुन तस्करी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी बस्दै आएको काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका हुन् । यो महिना मात्रै चार दिनमा दोलखाबाट ११ किलो तस्करी सुन बरामद भएको छ ।

दोलखाको सिंगटीबाट भदौ २८ गते ४ केजी, भदौ २९ गते ३ केजी र असोज १ गते लामाबगरबाट ४ केजी सुन बरामद भएको थियो । प्रहरी अनुसन्धानका अनुसार तस्करले तिब्बतबाट तस्करी गरेको सुन दोलखाबाट काठमाडौं ल्याउने योजना बनाएका थिए । योसँगै मुद्दामा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *