दोलखामा पहिरो खस्दा १५ महिने शिशुको मृत्यु अन्य तीन जना घाइते

१९ साउन, काठमाडौं : गएराति ९ बजेतिर दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका–७ का टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरो वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो खसेको थियो ।

बेपत्ता हुनेमा गौरिशंकर गाउँपालिका ७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, सोही ठाउँका ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर रहेको छ । त्यस्तै , घाइते हुनेमा गौरीशंकर गाउँपालिका–७ टोपाटारका ४० वर्षीय यज्ञ बहादुर थामी, उनकी श्रीमती ३९ वर्षी धनमाया थामी र बुहारी २२ वर्षीया सीता थामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *