दाङ्गमा एक वृद्धको मृत्यु

गणेश आचार्य- असोज ३ तुलसीपुर । दाङमा आज धुँवाले निसास्सीएर एक वृद्धको ज्यान गएको छ ।die
तुलसीपुर ३ जानकी टोलमा ६० बर्षिय इन्द्रलाल बिष्टको आफ्नै कोठामा भुसे चुल्हो बाट निस्कीएको धुँवाले निसास्सीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बिष्ट संगै कोठामा सुतेका करिब ३५ वर्षिय धरम योगी र ३२ वर्षिय टोपबहादुर बिक धुवाँले निसास्सीएर बेहोस भएका छन् ।

उनिहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका निमीत्त प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जनाकारी दिएका छन् ।

मृतक बिष्टको शव पोष्टमार्टमका लागि अञ्चल अस्पतालामा राखिएको छ । उनिहरु तीनैजना फलावाङ ८ का स्थायी बासीन्दा हुन् । उनिहरु यहाँ मजदुरी गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *