दाङमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ

२९ भदौ, काठमाडौँ : दाङमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै २८ वर्षीय छोरा सन्तोषलाई पक्राउ गरेको हो ।

प्रत्यक्षदर्शीका अनुसार भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा सन्तोषले बाबु प्रेमबहादुरलाई कुटपिट गरेको हो ।

कुटपिटबाट घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।v

Leave a Reply

Your email address will not be published. Required fields are marked *