दाङको तेल मिलमा आगलागी लाग्दा डेढ करोड बढीको क्षति

१६ भदौ, काठमाडौँ : शनिबार बिहान करिब साढे २ बजे दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा बिहान साढे ४ बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।

केसीका अनुसार आगलागीबाट दुईतले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेल मिलमा पनि क्षति पुगेसहित आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

विद्युत् सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *