डी.आर. अटु र मेलिना राईको नयाँ म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)

माघ १३ काठमाडौ,दर्जनौ हिट गीतहरुमा संगीत भरि सकेका युवा संगीतकार डी.आर. अटुको संगीत तथा चर्चित गायिका मेलिना राईको स्वर रहेको नयाँ म्युजिक भिडियो “मैले मन पराको मान्छे” सार्बजनिक भएकोछ। प्रवासी भूमि दक्षिण कोरियामा रहेर कार्य व्यस्तताको वावजुत पनि नेपाली गीत-संगीतको क्षेत्रमा महत्वपुर्ण योगदान दिईरहेका संगीतकार अटु बिन्ध्यवासीनी म्युजिक अवार्ड २०७३ अन्तर्गत बर्षको सर्बोत्कृष्ट संगीतकारको बिधामा मनोनित भएका थिए ।

दक्षिण कोरियाको बाबुल गम रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको यो गीतको लागि डी.आर. अटुले सृजनात्मक ढंगले संगीत भरेका छन् । आगमन गुरुङ को शब्द,धनु ग्यांमीको एरेञ्ज,रहेको उक्त गीतको म्युजिक भिडियोमा बिनोद र सरलाको अभिनय रहेको छ भेन,क्यामेरा चलाएका छन् अमृत सुनुवारले । यो गीतको म्युइज भिडियोलाई नव ढुंगानाले निर्देशनमा गरेका छन् ।

“मैले मन पराको मान्छे” बोलको मुजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *