“डिजिटल नेटवर्क” पिरामिड शैलीको धन्दाः बेलायतमा समेत फस्दै गए धेरै नेपाली

निगरानी ब्युराेर/जीवन शर्मा

काठमाडाैँ । ‘थाहा पाउँदा पाउँदै र प्रश्न गर्दा गर्दै पनि ठगिन्छन् बैदेशिक रोजगारीमा जानेहरु’  म्यानपावरलाई पैसा दिन पर्दैन भन्ने थाहा थियो, ठगिन सक्छ भन्ने पनि थाहा हुन्छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा  वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ ।

पिरामिड शैलीको धन्दाले स्वदेशमा त ठगिएकै थिए नेपाली । अहिले रूखबाट पाउण्ड टिप्ने सपनामा बेलायत आएर पनि बिल्लीबाठ हुँदै छन् । फाइदै फाइदा देखाएर ग्राहकलाई लोभ्याई ठगी धन्दामा लागेका छन् केही नेपाली र चिनियाँ नागरिक ।

एक हजार पाउण्ड लगानी ग¥यो भने दैनिक ३० पाउण्ड दिने र एक जना मानिसलाई रिफर गरेर सदस्यता बनायो भने शुरुमा ३५ पाउण्ड, पछि दैनिक पाँच पाउण्ड दिने भन्दै पिरामिड शैलीमा यो धन्दा चलिरहेको छ । यसमा हजारौं नेपाली फसिसकेका छन् ।

एक जनाले २१ सय पाउण्डभन्दा बढी लगानी गर्न पाइँदैन भनिएको छ । किनकि धेरै रकम कारोबार गर्दा बैकिङ समस्या हुन सक्ने उनीहरूले राम्ररी बुझेका छन् ।

बुढाथोकी लिमिटेड कम्पनीको नामबाट अनिस बुढाथोकी, काउकाउ लिमिटेडको नाममा विमल चौधरी, पंकज लिमिटेडको नाममा पंकजकुमार साह तथा रोङयीसेङ इम्पोर्ट एण्ड एक्सपोर्ट ट्रेडिङ कम्पनीको नाममा हुवाङ, सिन्ह्वा फुजाउ ट्रेड कम्पनी लिमिटेड सालफोर्डको नाममा सिहुवा हुवाङ र नियानजोन जिओलगायतले ठगी गरिरहेका ती कम्पनीको गतिविधि अध्ययन गरिरहेका कोभेन्ट्रीस्थित एक नेपालीले बताए ।

अनलाइन र मार्केट स्टल राख्ने प्रयोजनसहित दर्ता भएका यी कम्पनीले त्यसविपरीत गैरकानुनी रूपमा पिरामिड शैलीको धन्दा चलाइरहेका हुन् ।

एप्ससंगै पैसाको कारोवार हुने विभिन्न कम्पनीको सर्च रिपोर्ट अध्ययन गर्दा नेपालीलाई नै लक्ष्य गरेर यो पिरामिड शैलीको धन्दा चलाइएको छ ।

पैसाको कारोवार गर्ने माथिका कम्पनीको इतिहास हेर्दा केही महिनाअगाडि मात्र इङ्ल्याण्डमा दर्ता भएको देखिन्छ । नेपाली र चाइनिज मिलेर कम्पनी दर्ता गरेका हुन् । उल्लिखित कम्पनीको फाइल डिटेल अध्ययन गर्दा सबै म्यानचेस्टरमा छन् ।

अनलाइनबाट रजिस्टर गर्नका लागि कुनै आधिकारिक कागजपत्र नचाहिने हुँदा नेपालीले सजिलै कम्पनी दर्ता गर्छन् । उनीहरूले वेष्ट मनि मेकिङ एप भन्दै देखावटी रूपमा पिटी (पिइन्ट्रेष्ट टास्क मल) एप्स् पनि बनाएका छन् । यो प्रत्यक्ष देखावटी रूपमा मार्केटिङ गर्ने एप्स् हो ।

यसलाई डोमेन रजिस्टर विवरणमा सबै लुकाइएको छ । यो एप्स् एप्पल स्टोर र प्ले स्टरमा समेत छैन, डाइरेक्ट वेवबाट डाउनलोड गर्नुपर्छ ।

सञ्चालकले सोसल मिडियामा लाइक गरे पैसा कमाइन्छ भन्दै मार्केटिङ गरिरहेका छन् । सञ्चालकहले जति प्रलोभन देखाए पनि ती कम्पनीको विश्वसनीयता सामाजिक सञ्जाल हेर्दा प्रष्टै देखिन्छ ।

https://youtube.com/watch?v=OeiDNNeAg3c%3Fversion%3D3%26rel%3D1%26showsearch%3D0%26showinfo%3D1%26iv_load_policy%3D1%26fs%3D1%26hl%3Den-US%26autohide%3D2%26wmode%3Dtransparent

पिटी (पिइन्ट्रेष्ट टास्कमल) को युट्युवमा सब्सक्राइबर्स जम्मा ३०८ र फेसबुक पेजमा एकहजार ६ मात्र लाइक छन् । यस्ता कम्पनीविरुद्ध प्रहरीमा उजुरी परेको खण्डमा बेलायतको कानून अनुसार अवैध र साइवरसम्बन्धी स्काम चलाउनेलाई कारवाही हुने कानुनविद्हरूको सुझाव छ ।

…वैदेशिक रोजगारीमा ठगी बढ्दो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैदेशिक रोजगारको प्रलोभन देखाइ उत्तर कोरिया र मकाउ पठाउने नाममा ठगी गर्ने यो दुईवटै समूहका सदस्यलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारका नाममा बढ्दो ठगी

ब्यूरो प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक खड्का भन्छन्, ‘बैदेशिक रोजगारका नाममा ठग्नेभन्दा पनि ठगिने व्यक्ति सचेत हुनुपर्ने आवश्यकता छ ।

बैदेशिक रोजगारका लागि उत्तरकोरिया खुला छैन भन्ने कुरा जान्दाजान्दै पनि पैसा खर्चिनेहरूका कारण ठगीको समस्या बढेको हो ।’

गरिवी तथा बेरोजगारभन्दा अर्काको देखासिकी र दलालहरूको प्रलोभनका कारण ठगिनेहरूको सङ्ख्या धेरै छ, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भने,‘‘ठगी कतिपयका लागि ‘आयआर्जन’ को मुख्य पेशा बनेको छ ।’’

यसअघि ब्यूरो प्रहरीले ब्राजिलको ग्रीन कार्ड उपलब्ध गराइ दिने भन्दै पाँच÷छ जनाको समूहलाई भारतको दिल्ली पु¥याई हप्ता दिनसम्म अलपत्र पारी फरार सुर्खेतका सागर भन्ने लिलबहादुर मल्ललाई पक्राउ गरेको थियो ।

भिजिट भिसाको नाममा नेपालबाट दुवई मानव तस्करी गर्दै आएको गिरोहले आफ्नी श्रीमतीलाई समेत ठगीमा संलग्न गराएको पाइएको छ ।

दुवईमै दर्ता गरेर नेपालमा ठगी धन्दा गर्दै आएको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजका मालिक कोमलराज उपाध्याय (प्याकुरेल)ले आफ्नी श्रीमती रञ्जना ढकाल प्याकुरेलको नाममा अवैध रकम जम्मा गर्दै आएको पाइएको हो ।

त्रिनेत्रबाट दुवई पुगेका र दुवईमा पुगेर बिचल्ली भएका नेपालीहरुले कोमलको श्रीमती ढकालको नाममा लाखौँ रकम जम्मा गर्ने गरेको पाइएको हो ।

नेपालमा कतै दर्ता समेत नभएको उक्त कम्पनीले कोमलकी श्रीमती रञ्जनाको नाममा लाखौँ रकम असुली गरिरहे पनि सरोकारवाला निकाय मौन छन् ।

काठमाडौंमा खगेन्द्र लामिछाने नाम गरेका व्यक्तिले आफूहरुलाई सम्पर्कमा ल्याएको र उनैमार्फत कोमलकी श्रीमती प्याकुरेललाई प्रतिव्यक्ति तीन लाख ५० हजार रुपैयाँ बुझाएको पीडितहरुले आर्थिक दैनिकलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *