डा. बाबुराम भट्टराईभन्छन् , “कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हो”

१४ साउन, काठमाडौं : नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् ।

यही साउन १६ गते अपराहृन ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई प्रदेश प्रमुख परशुराम खापुङलेले आह्वान गरेका छन् । तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षले बहुमत जुटाउन सकेका छैनन् । सत्ता गठबन्धनले राप्रपाको साथ खोजेका छन् र कोशीका नेताहरुलाई छलफलका लागि काठमाडौंमा बोलाएका छन् ।

तर डा। बाबुराम भट्टराईले सामाजिक सन्जालमा लेख्छन्, ‘सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र र ?’

विश्वासको मत जुटाउन नसकेपछि नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीलाई सभामुख बाबुराम गौतमले समेत समर्थन जनाउदै नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर सर्वोच्च अदालतको पूर्ण इजलासले गत बिहीबार थापाको नियुक्ति बदर गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *