झापामा जंगली हातीको आक्रमण बाट दुई जनाको मृत्यु

माघ ११ झापा, लोपुन्मुख जनवार भन्दै सरोकारवालाहरु यस्ता जनवारको संरक्षण गर्नु पर्ने बताउदै आएका छन् । हिउँ चितुवा,बाघ-भालु,हाती,शिंह जस्ता जंगली हिंसक जनवारहरुलाई संरक्षण गरिदै आईएको छ । तर यस्ता जनवारहरुले पार्ने जन-धनको क्षेती बारे खासै कसैले सोचेको देखिदैन । हरेक बर्ष नेपालको तराईमा जंगली हातीले किसानको धान लगायत अन्नबाली नष्ट गरेको देखिन्छ । पहाडमा गरिब किसानहरुको घरमा पालेको घरपालुवा जनवारहरु मारेर खाई दिने गरेको छ । यति मात्रै हैन, जंगली जनावरहरुले मान्छेहरु नै मार्ने सम्म गरेको छ । यति हुदा सम्म पनि सम्बन्धित निकाय मौन नै हुन्छ । मान्छे भन्दा यहाँ जनावर प्यारो अनि महँगो भएको छ आज । सायद अर्काको बाउको छोराछोरी मरेर के भयो त भन्ने सोच्दाहुन । यस्ता लोपुन्मुख जनावरहरुको संरक्षण गर्दा हुने मानविय क्षतीको समाधान तिर पनि ध्यान दिनु पर्ने हो ।

hati akraman1
झापामा जंगली हातीको आक्रमण बाट दुई जनाको मृत्यु

हालै नेपालको पुर्वी जिल्ला झापा पृथ्वीनगरमा जंगली हातीले आक्रमण गरि दुई जनालाई मारेको छ । माघ ९ गते दिनको १० बजे दाउरा काटन गइरहेका ४ जना मध्य महेसपुर २ हाल भद्रपुर २ निबासी ४१ वर्सिया पालमाया घिसिङ लिम्बू र मुनाल अंग्रेज़ी स्कुलमा कक्षा ७ मा अध्यनरत १४ वर्षिया सर्मिला योङ्हाङ लिम्बू को जंगली हातीको आक्रमण बाट मृत्यु भएको हो । उक्त घटनाले गाउँ टोल सबै सोकाकुल अवस्थामा छ । पालमायाको शब घट्ना भएकै दिन पाइयो भने सर्मिलाको शब घटना भएको भोलि पल्ट बिहान १० बजे मात्र पुलिस प्रशासन र ए पि एफ फोर्सको सहयोगमा पाइएको हो ।

hati akraman
झापामा जंगली हातीको आक्रमण बाट दुई जनाको मृत्यु

यस्ता जंगली जनवार जनताले मारेमा कानुनि कारवाही हुने गरेको छ । तर यस्ता जंगली जनवारले मान्छे मार्दा कसले कसलाई कारवाही गर्ने ? यस्ता हिंसक जंगली जनवारहरुलाई संरक्षण गर्दा उचित कुनै निश्चित ठाउँ तोकेर राखेमा मानविय क्षति कम हुने थियो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *