झापामा कैदीबन्दीबीच झडप हुदाँ आगलागी

१९ साउन , काठमाडौँ : झापा जिल्ला कारागार भद्रपुरमा कैदी सरुवाको विषयमा झापा कारागार भित्र कैदीबन्दीबीच झडप भएको छ ।

झडपकै क्रममा कारागार भित्र आगलागी  पनि भएको छ । प्रहरी स्रोतका अनुसार आगो कैदीबन्दीले नै लगाएको को दाबी छ ।

नेपाल प्रहरी साथै सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणमा लिनका लागि दकमलसहित घटनास्थलमा खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *