‘जुलेबी’ १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने

३२ साउन , काठमाडौँ : फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म , निर्माता नवीन भट्टद्धरा निर्मित साथै गणेशदेव पाण्डेले निर्देशन गरेका शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ लाई चलचित्र सेन्सर बोर्डले बिहीबार एडल्ट प्रमाण पत्र दिँदै फिल्मलाई सेन्सर पास गरेसँगै फिल्म १६ वर्ष मुनिकालाई हेर्न बन्देज लागेको छ ।

आभा शर्मा नेपाल निर्मात्री रहेको यस फिल्ममा सुरक्षा पन्तसहित निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षित लगायतका कलाकारहरु छन् ।

लेखन स्वयं निर्देशक पाण्डेको रहेको यस फिल्ममा विवेक खड्काको छायाङ्कन, कोसिस क्षेत्रीको सङ्गीत, अन्जय खड्काको सम्पादन रहेको फिल्म डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *