जाजरकोटका सबै क्षेत्रमा खानेपानीको व्यवस्था गरिने

१७ भदौ, काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा पु¥याउने बताउनुभएको छ ।

हालसम्म ८५ प्रतिशत जनसंख्यामा खानेपानीको सुविधा पुगेको र बाँकी १५ प्रतिशत जनतालाई कार्ययोजना बनाएर खानेपानीको पहुँच पु¥याउने मन्त्रीले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

आज, त्यस्तै एक वर्षभित्र जिल्लाका सबै स्थानमा सञ्चार सेवा पु¥याउने उनले बताए । हालसम्म २८ टेलिफोन टावरमध्ये २१ वटा सञ्चालित छन् भने सातवटा मर्मत सम्भारको क्रममा छन् । मन्त्री बस्नेतले केही थप टावर निर्माण गरेर सबै क्षेत्रमा सञ्चार सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनका अनुसार जिल्लाका कच्ची सडकको स्तरोन्नति भइरहेको र जिल्लाका अस्पतालमा चिकित्सक अभावको समस्या समाधान गर्न आफूले पहल गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *